परिचय

नेपालको बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा रहेको चीनको स्वाशासित क्षेत्र तिब्बतस‌ँग जोडिएको अन्तर्राष्ट्रिय सीमामा अवस्थित उत्तरी नाकाको रुपमा तातोपानी भन्सार कार्यालय रहेको छ । यस नाकाबाट परम्परागत रुपमा बस्तु विनिमय प्रणाली देखि विश्व भन्सार संगठनको मापदण्ड र प्रक्रिया अनुरुप मालसामानको निकासी पैठारी हुंदै आएको छ ।

हालको भाैतिक स‌ंरचना अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल रहेकाे छ । जसमा यस भन्सारको आधुनिक भवन चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भई कार्य संचालनमा आएको छ । ४.२ हेक्टर क्षेत्रफलमा फैलिएको यस भन्सार परिसरमा पारवहन, क्वावारेन्टाइन, नविल बैक, सशस्त्र प्रहरी बलको Border Out Post (BOP) लगायतका कार्यालयहरु रहेका छन् ।

विपद्को समयमा स्थानीय समुदायबाट सेल्टरकाे रुपमा रहेको यस भन्सार कार्यालयले ठूला र साना गरी १८२ गाडी पार्किंग गर्ने क्षमता राख्दछ ।